विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहामा भएको आगलागीका क्रममा बेपत्ता भएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ ।
धनपालथान– ६ को कदमाहा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको थियो ।
आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ ।
आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छाेरा हुन् ।
घटनास्थलमा रहेका माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा सकुशल फेला परेका हुन् । उनकाे अवस्था सामान्य छ ।
प्रहरीका अनुसार आगलागीमा परी ९ वटा घर जलेका छन् । दमकल, सुरक्षाकर्मी र स्थानीयकाे प्रयासमा आगाे नियन्त्रणमा आएको हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)