सुनको मूल्यमा नयाँ रेकर्ड

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेकाे छ । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत चैत १ गते प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो ।

सोमबार भने प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा सुनको कारोबार भएको थियो । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, ०५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.