प्रधानमन्त्री ओलीको कविता : ‘खोजी भइरहेछ भाइमाराको’

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै कविता लेखेर वाचन गरेका छन् । उनले आँफै कविता लेखेका हुन् ।

आइतबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन, २०८१ को समापन कार्यक्रममा ओलीले कविता वाचन पनि गरे ।

यस्तो छ ओलीको कविता

अञ्जुली भित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ
एउटा बृहत् मिलन, सम्मिलन
एउटा सङ्कल्प सुवर्ण हिमवत्खण्डको

कथा–हाँगाबाट भुइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !

तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथि बिष्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यहि छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !

प्रकाशित मिति: सोमबार, ०४ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.