विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र साहको पछिल्लो मुभमेन्टका बारेमा जानकार रहेका उनले भने,‘हामी आति हाल्नुपर्ने अवस्था छैन तर सतर्क बन्नुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो ।’
जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरु भएको बताए । ‘हामीले के गर्याै गरेनौं भन्ने कुरा इन्पोटेन्ट हो, केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं,’ उनले भने,‘ जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं ।’
राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णा कारण अहिलेको अवस्था आएको उनको भनाई छ । के अब राजा आउँछन त भन्ने प्रश्नमा डाक्टर कोइरालाले भने,‘बागमतीमा धेरै पानी बगिसक्यो, मलाई चाहिँ लाग्दैन राजा फर्कनुहुन्छ भन्ने,तर कोकिस त जहाँ पनि हुन्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)