‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।

आफूविरोधी रहेको उल्लेख गर्दै उनले समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेश जारी गरेको बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ‘उग्रवादी’ भएको आरोप लगाएका छन् ।

बीबीसीका अनुसार भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले उनी र उनका लगभग १३०० कर्मचारीहरूलाई सशुल्क बिदामा राखिएको बताएका छन् ।

भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो । यसले रेडियो, टेलिभिजन, र अनलाइन प्लेटफर्म मार्फत विभिन्न भाषामा समाचार र कार्यक्रम उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, ०४ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.