फाइल फाेटाे विराटनगर । मोरङको सुनवर्षी रहेको मिलमा आगलागी हुँदा २ करोड ८० लाख बराबरको क्षति भएको छ ।
सुनवर्षी नगरपालिका–३ पिपल चोकमा अरुण सिंहले सञ्चालन गर्दै आएको बोलबम कुटानी पिसानी मिलमा आइतबार बिहानको रातिबाट आगलागी सुरु भएको थियो । आगो बिहान करिब १० बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा २ करोड ८० लाख बराबर क्षति भएको देखिएको प्रहरीले बताएको छ ।
मिलभित्र भुस, धानलगायत रहेकाले आगो नियन्त्रणमा समय लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । आगो नियन्त्रणमा लिन विभिन्न ठाउँबाट ७ वटा दमकल पुगेका थिए । प्रहरीका अनुसार मिलसहित मिलमा भएका अन्न, खाद्यान्न, मेसिनरी सामान सबै जलेर नष्ट भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)