‘बसाइँ’ लेखक लीलबहादुर क्षेत्रीको निधन

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली भाषाकाे चर्चित उपन्यास  ‘बसाइँ’का लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । फागुन २९ राति उनको गुवाहाटी भारत स्थित आफ्नै निवासमा निधन भएको हो । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मिएका थिए ।

१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उनी उदाएका थिए । उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो । बसाइँ उनको सबैभन्दा चर्चित उपन्यास हो ।

साझा प्रकाशनले प्रकाशन गरेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यास बनेको थियो । पाठ्यक्रममा समेत बसाइँ  उपन्यास छ । अंग्रेजीलगायत विभिन्न भाषामा अनुवाद भएको छ । उपन्यासकाे चलचित्र पनि बनेको छ ।

उनका ‘अतृप्ति’, ‘ब्रह्मपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासहरू प्रकाशित भए । उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् ।

उनका ‘दोबाटो’, ‘माग’तथा ‘शुरुको शुरु’ नाट्य कृतिहरू समेत प्रकाशित छन् । ‘असममा नेपाली भाषाको साह्रो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत्त’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृति प्रकाशित छन् ।

उनको सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०१ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.