विराटनगर । ९ं औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्बलले जितेको छ । थ्रीस्टारले यसअघि विराट गोल्डकपको ५ औं संस्करणको उपाधि जितेको थियो ।
विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
थ्रीस्टारलाई ९ं औं संस्करणको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे ।
थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै गोल गरे ।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा प्राप्त गरेको छ । बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कार वितरण गरेका थिए ।
थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जित्दा त्रिभुवन आर्मीलाई ३–० गोल पराजित गरेको थियो ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको फाइनल प्रवेश गरेको थियो । चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)