विराटनगर । नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवारकाे विषयमा विवाद हुँदा डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ ।
कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो । डाक्टर कोइराला समूहका विद्यार्थीले लगाएको ताला केही समयपछि प्रहरीले फोडेको थियाे ।
मंगलबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । विष्ट आधारिकारिक उम्मेदवार थिए । आधिकारिक उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए ।
कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार आगो चाडै निभाएका क्षति भएको छैन ।
‘निर्वाचनको तयारी राम्रै छ, तर आकस्मिक रुपमा विद्यार्थीहरुले आएर निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गर्नुभयो,’ उनले भने,‘ आगोले केही रफ कागजहरू जलेका छन् ।’
गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो । त्यसपछि नेविसंघको संस्थापन र इतर समूह बीचको विवाद बढेको थियो ।
महेन्द्र मोरङको स्ववियु सभापतिमा नेविसंघबाट प्रज्वल विष्ट, अखिल क्रान्तिकारीबाट रोहित यादव, अनेरास्ववियुबाट अनिष बोगटी, योगराज दाहाल, सनिम ठकुरी र अनिष राई उम्मेदवार छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)