विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब खेल्दैछन् ।
चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो ।
चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ । थ्रीस्टार दोस्रो पटक उपाधि हत्याउने दाउमा छ ।
थ्रीस्टारले मछिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा पुगको हो । थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्रलाई २–१ गोल र सेमिफाइनलमा आर्मी क्लबलाई ३–२ गोलले हराएको थियो ।
चर्च ब्वाइजले एनआरटी र विभागीय टोली नेपाल पुलिसलाई हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाइजले क्वाटरफाइनलमा एनआरटीलाई २–० गोल र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गर्ने छन् । फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीको सहभागिता थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,362)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)