विराट गोल्डकपको फाइनल आज : उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब खेल्दैछन् ।

चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो ।

चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ । थ्रीस्टार दोस्रो पटक उपाधि हत्याउने दाउमा छ ।

थ्रीस्टारले मछिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा पुगको हो । थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्रलाई २–१ गोल र सेमिफाइनलमा आर्मी क्लबलाई ३–२ गोलले हराएको थियो ।

चर्च ब्वाइजले एनआरटी र विभागीय टोली नेपाल पुलिसलाई हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाइजले क्वाटरफाइनलमा एनआरटीलाई २–० गोल र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गर्ने छन् । फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीको सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, २८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.