काठमाडौं । रुससँग जारी युद्ध रोक्नका लागि युक्रेन तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा ३० दिनका लागि युद्धविराम गर्न युक्रेन तयार भएको हो ।
ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले वार्ता गरेका थिए । वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको समाचारमा जनाइएको छ । अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा २०० बढी ड्रोन प्रहार गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)