विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्ममा वर्णित पात्र विश्वमित्र ऋषि कोशी नदीको किनार चतराको भएको बताएका छन् ।
मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षन्त समारोहमा उनले चतरामा बस्ने विश्वमित्र ऋषिले भगवान राम-लक्ष्मणलाई शिक्षा दिएको दाबी गरेका हुन् ।
२०७७ असारमा प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएको र अयोध्या नेपालमै भएको दाबी गरेका थिए ।
‘यो ठाउँ नै हो, जहाँबाट चतरामा बस्ने विश्वमित्र कोशी तरेर पश्चिमपट्टी गएर राम र लक्ष्मणलाई शिक्षा दिनुभएको थियो, अथवा राम लक्ष्मणलाई पनि शिक्षा दिने गुरुहरू बस्ने ठाउँ हो’, उनले भने, ‘यो विद्याको आरम्भ भएको थलो हो, प्रचारप्रसार भएको थलो हो । यहाँका ऋषिमुनीहरूले प्रोफेसरहरूले भगवानलाई शिक्षादीक्षा दिने इतिहास छ, त्यस्ता ठाउँका भाइबहिनीहरू तपाईंले आज दीक्षान्त प्राप्त गर्नुभएको छ ।’
उनले ज्ञानको प्रारम्भ हुँदै गरेको युगमा कोशी प्रदेश शिक्षा दिक्षाको ठाउँ भएको बताए । ‘यहीँ चतरामा पहिलो पल्ट सर्जरी विद्याको सुरुवात भएको थियो,अहिले भन्दा हजारौं वर्ष अगाडि,’ ओलीले भने, ‘रामको समयमा विश्वमित्रका पुत्र सुश्रूत ऋषिले, त्यसबेला प्रोफेसरलाई ऋषि भनिन्थ्यो, सुश्रूत ऋषिले शल्यक्रियाको सुरुवात गर्नुभएको थियो यहीँ चतरामा तर जनसंख्या सल्यक्रियाको प्रयोगका लागि पर्याप्त नभएकाले उहाँ बनारस जानुभयो, त्यसबेला कासी जानुभयो ।’
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षन्त समारोहमा ८ हजार १५० जना दीक्षित भएका थिए । प्रधानमन्त्री एवं कुलपति ओलीको उपस्थितिमा आज भएको १३औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८,विज्ञान तथा प्रविधिमा ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)