हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।

फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर मृत फेला परेका थिए ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको देखिएको थियो । घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल वरपर हात्तीका पाइलाहरु छन् । घटनास्थलमा शव नजिकै लिम्बूको साइकल पनि फेला परेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.