मुख्यमन्त्रीसँगकाे छलफलपछि प्रतिपक्षी दल बैठकमा बस्न तयार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेबीचको छलफलपछि प्रतिपक्षी दल संसद बैठकमा सहभागी हुने भएका छन् । 

कोशीको प्रदेशसभा बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने बेलामासमेत सरकारले समन्वयन नगरेको भन्दै माओवादी केन्द्रसहित प्रतिपक्षी दलले बैठक बहिष्कारको धम्की दिएका थिए । प्रतिपक्षीले बैठक बहिष्कार गर्ने बताएपछि मंगलबार बिहान आङ्बोसँगको भेटमा मुख्यमन्त्री कार्कीले प्रतिपक्षी दलहरुसँग छलफल नगर्नु कमजोरी भएको स्वीकार गरेपछि विवाद मिलेको हो । अब प्रधानमन्त्रीकाे सम्बाेधनका बेला प्रतिपक्षी दल सहभागी हुनेछन् ।

आङ्बोका अनुसार प्रधानमन्त्रीले संस्थागत ढंगले बोल्ने, कसैलाई घोचपेच नगर्ने र विपक्षी दलहरुलाई औपचारिक निमन्त्रणा नगरेको विषयमा मुख्यमन्त्रीले कमजोरी भएकाे भनि स्वीकार गरेका थिए ।

संसद बैठकमा सहभागी हुने विषयमा भने छलफलपछि निर्णय गर्ने उनले बताए । ‘हामीले जे कन्सन राखेका थियौं, त्यो कन्सन सम्बोधन गर्ने भइसकेपछि विषय सकारात्मक भयो,’ उनले भने,‘विपक्षी दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’

प्रधानमन्त्री ओलीले आज २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: मङ्गलबार, २७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.