मानगढ खानेपानीको आयोजना : फेरि मतदान गर्न उच्च अदालतको आदेश

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मानगढ खानेपानी आयोजना विराटनगरको नयाँ नेतृत्वका लागि पुन: मतदान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।  विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजना सञ्चालित छ । संस्थाको नयाँ नेतृत्वका लागि गत १९ जेठमा मतदान भएको थियो । मतदानका क्रममा विवाद भएपछि सबै मतदाताले मत हाल्न पाएनन् ।

मतदान विथाेलिएपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्य राज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको थियो । सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको हो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुन प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार पुरानै रहने र मतदान मात्रै पुन गर्नुपर्नेछ ।

विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार थिए । दुवै जना नेकपा (एमाले)का स्थानीय नेता हुन् ।

सोही खानेपानीको निर्वाचनमा एमाले मोरङ नेतृत्व २ धारमा बाँडिएको थियो । माेरङ अध्यक्ष ऋषिकेश पोखरेलसहितको संस्थापन समूहले घिमिरेलाई अघि सारेको थियो । विनोद ढकालको समूहले भट्टराईलाई अघि सारेको थियो ।

निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध खटिएको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । नगर कमिटीका अन्य नेताकाे पनि जिम्मेवारी खाेसेकाे थियाे । भर्खरै सम्पन्न १० औं जिल्ला अधिवेशनबाट थापा मोरङ उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

५ हजार ९ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि गत १९ जेठमा मतदानका क्रममा विवाद भएकाे थियाे । उपभोक्ता समितिको विवाद अदालतमा पुगेर टुङ्गो लागेको हो । अब नयाँ नेतृत्वका लागि पुन मतदान हुनेछ ।

प्रकाशित मिति: मङ्गलबार, २७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.