विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा आउने प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् ।
कोशी प्रदेशसभा सचिवालयका कार्यवहाक सचिव गौतमराज अमात्यका अनुसार प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी पूरा भएको छ ।
आज संघीय संसदको पनि बैठक बस्दैछ । संघीय संसदको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकको बैठकमा विपक्षी दलका नेता प्रचण्डले मंगलबारको बैठकमा बोल्ने समय तय भएको थियो । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)