विराट गोल्डकप : चर्च ब्वाइज फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको उपाधिका लागि सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार खेल्ने भएका छन् ।

विराटनगर सहिद मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइजले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।

लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७०औं मिनेटमा गोल गरेका थिए ।

थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको थियो । फाइनल खेल बुधबार हुनेछ ।

चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

आजको खेलको प्यलेर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए । विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, २६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.