कोशी प्रदेशसभालाई प्रधानमन्त्रीले भोलि सम्बोधन गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने बैठकमा सहभागी नहुने प्रतिपक्षी दलहरुले बताएका छन् । वर्तमान प्रदेश सरकार संसदप्रति उत्तरदायी नभएका कारण प्रधानमन्त्रीको सम्बोधनमा उपस्थित नहुने बताएका हुन् ।

‘सरकार संसदप्रति उत्तरदायी छैन, यस्तो अवस्थामा प्रधानमन्त्रीको सम्बोधनका बेलमा उपस्थित हुन नहुनुको अर्थ हुँदैन,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘ यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनका बेला संसदमा उपस्थित हुँदैनौं ।’ उनका अनुसार प्रधानमन्त्रीको सम्बोधनका विषयमा विपक्षी दलहरुसँग सरकारले कुनै छलफल गरेको छैन ।

‘ प्रमुख प्रतिपक्षी दलले बोलेको बेला मुख्यमन्त्री संसदमा आउनु भएन, अहिलेस्म्म विपक्षीले उठाएका विषयका बारेमा संवेदनशील भएर छलफलमा बस्नु भएको छैन,’संसद सरकारको कारिन्दा भएर बस्दैन उनले भने,‘ सरकारलाई संसदको जरुरत नपर्ने केबल कारिन्दा ठान्ने अनि उहाँहरुले भनेका बेला हामी उपस्थित हुनुपर्छ भन्ने कुनै बाध्यता छैन, यथास्थितिमा छलफलमा जाँदैनौ ।’

प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले संसदमा बोल्ने विषयका बारेमा संसदलाई अग्रिम जानकारी पनि माग गरेको छ ।

प्रधानमन्त्रीको मन्तव्य गालीगलौज शैलीमा हुने उल्लेख गर्दै माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले प्रधानमन्त्रीले राख्ने मन्तब्यको विषयमा अग्रिम जानकारी हुनुपर्ने बताएका हुन् ।

‘उहाँले अन्टसन्ट बोल्नुभयो भने विपक्षीले प्रतिरोध गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने,‘ प्रधानमन्त्री जस्तो संस्थालाई बोलाएर विपक्षीले संसद अवरोध गर्नुपर्ने वा संसदमा नियमापत्ती गर्नुपर्ने विषय बन्यो भने राम्रो हुन्न ।’

प्रकाशित मिति: सोमबार, २६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.