आर्मीलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विभागीय टाेली त्रिभुवन आर्मीलाई पराजित गर्दै थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा  आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै  थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो ।

थ्रीस्टारकाे जितमा प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले १–१ गोल गरे ।

लिम्बूले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले गाेल गरे ।

दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए ।

नवयुगले खेलको ८३औं मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

उपाधिका लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, २५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.