माेरङमा बाख्रा खोज्ने क्रममा करेन्ट लागेर नातिनीको मृत्यु, हजुरबुवा घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको मिक्लाजुङमा बाख्रा खोज्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार करेन्ट लागेर मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अनामिकाको बाख्रा शनिबारदेखि नै हराएको थियो । हजुरबुवा धनवीर राईलाई लिएर बाख्रो खोज्न निस्किएकी अनामिकाले खोजी गर्दै जाने क्रममा बिजुलीको पोलमुनि बाख्रा लडेको देखिन् । बाख्रोलाई हतारहतार तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

मृत बाख्रोलाई तान्ने क्रममा अनामिकालाई दिउँसो १ः३० बजेतिर करेन्ट लागेको थियो ।करेन्ट लागेर अनामिकाको घटनास्थलमै मृत्यु भयो ।

अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए । नातिनीलाई जोगाउन जाँदा हजुरबुवालाई पनि सामान्य करेन्ट लागेको प्रहरीले बताएको छ । हजुरबुवाको अवस्था भने सामान्य छ ।

प्रहरीका अनुसार अनामिकाकै बारी हुँदै लगिएको १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रो मरेको र सोही बाख्रालाई तान्ने क्रममा युवतीको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, २५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.