पोखराबाट काठमाडौं फर्कदै पूर्वराजा ज्ञानेन्द्र, राजावादीले स्वागत गर्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पोखराको करिब एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किँदैछन् ।  माघ २७ गते पोखरा पुगेका शाह आज फर्कन लागेका हुन् ।

उनी फर्कने भएपछि राजावादीहरुले उनलाई भब्य स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, दुर्गा प्रसाईंको समूहसहित राजावादीहरुले उनको स्वागत गर्न लागेका हुन् ।

ज्ञानेन्द्रको स्वागतका लागि शक्ति प्रदर्शन हुनेपछि काठमाडौंमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

पोखरामा शाह १ साता जति रुपाकोट रिसोर्ट बसेका थिए ।बाँकी समय उनी माउन्ट ग्लोरी रिसोर्टमा बसे । पोखरा बसाइका क्रममा उनले  विभिन्न मन्दिरको दर्शन र पूजाअर्चना गरे ।

पोखराकै वीरेन्द्र चोकमा डेढ वर्षअघि निर्माण गरिएको पूर्वराजा वीरेन्द्रको सालिक  उनले अनावरण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, २५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.