विराटनगर । विभागीय टोली त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रिजालको मोरङ ११ लाई १–० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेले पनि गोल गर्न सकेन् ।
प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।
बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)