काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् ।
बुधबार बसेकाे प्रितिनिधिसभाकाे बैठककाे शून्य समयमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा सांसदले सरकारको कार्यशैलीको विरोध गरे ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे ।
‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ?म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने,‘सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु ।’ त्यसपछि सभामुखले सरकारलाई रुलिङ गरेका थिए ।
रास्वपा सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् । ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ,’ उनले भने,‘ सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)