च्याम्पियन्स ट्रफी : भारत फाइनलमा, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

मंगलबार भएकाे खेलमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८‍‍.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २–२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १-१ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, २१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.