च्याम्पियन्स ट्रफी : भारत फाइनलमा, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

मंगलबार भएकाे खेलमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८‍‍.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २–२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १-१ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, २१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.