विराटनगर । नेकपा (एमाले)मोरङको नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान हुने भएको छ ।
विराटनगरमा जारी १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन गर्ने तयारी थियो । सहमतिको प्रयास गर्ने भन्दै मंगलबार बिहानबाट गर्ने भनिएको मतदान दिउँसो हुने बताइएको थियाे ।
निर्वाचन समितिले मंगलबार निर्वाचन गर्न समय नपुग्ने भन्दै बुधबार बिहानका लागि मतदानको समय सारेको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बुधबार बिहान ७ बजेदेखि मतदान गर्ने गरी तयारी गरिएको छ । उनका अनुसार १६५ सदस्यीय जिल्ला कमिटीका लागि ३२५ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
मंगलबार सहमतिको प्रयास गर्दा ६३ जनाले मनोनयन फिर्ता लिएका छन् । ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । चुनावी मैदानमा १९१ जना छन् ।
भोलि मतदानमा एकै पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
उम्मेदवार धेरै भएका कारण एकजना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्नेछ ।
मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट छन् ।
जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् । नयाँ नेतृत्वका लागि ९ सय ११ जना मतदाता छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)