माेरङमा एउटै डोरीको पासोमा भेटियो युवा–युवतीको शव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव फेला परेको छ ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटा हाँगोमा सँगै झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरीयाका अनुसार मृतक दुवै विवाहित हुन् ।

मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । घरमा एक वर्षकाे छाेरा छ । अजय दुई छोराछोरी छन् । प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए । भोलिपल्ट उनीहरु घरबाट हिडेका थिए । आज भने एउटा रुखमा झण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २० फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.