माेरङमा एउटै डोरीको पासोमा भेटियो युवा–युवतीको शव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव फेला परेको छ ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटा हाँगोमा सँगै झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरीयाका अनुसार मृतक दुवै विवाहित हुन् ।

मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । घरमा एक वर्षकाे छाेरा छ । अजय दुई छोराछोरी छन् । प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए । भोलिपल्ट उनीहरु घरबाट हिडेका थिए । आज भने एउटा रुखमा झण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २० फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.