सेना दिवसमा सुनवर्षीमा स्वास्थ्य शिविर

Satya Sanchar सत्य सञ्चार
oplus_0

विराटनगर । नेपाली सेनाको भैरव गण थलाह मोरङले ‘सेना दिवस–२०८१’ को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विराट नर्सिङ होम, रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसन, सुनवर्षी नगरपालिका र विभिन्न संघ–संस्थासँगको सहकार्यमा गणले सुनवर्षी नगरपालिका– २ मा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा स्त्री रोग, जनरल, बालरोग, छाला रोग र आँखा रोग सँग सम्बन्धि विशेष चिकित्सकहरुबाट चेक जाँच गरिएको थियो । शिविरमा उपस्थित बालबालिकाहरुलाई स्टेशनरी का सामाग्री वितरण गरिएको भैरव गणका गणपति प्रमुख सेनानी अशिम श्रेष्ठले जानकारी दिए ।

सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशीको उपस्थितिमा भएको स्वास्थ्य शिविरमा ४ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमा २ सय ५० जना आँखाको र २०७ जनाले अन्य रोगको चेकजाँच भएको थियो । शिविरमा १८ जना मोतिया बिन्दुका विरामी भेटिएका थिए । उनीहरुलाई शल्यक्रियाका लागि गोल्छा आँखा अस्पताल पठाइएको थियो । १६ जनालाई चस्मा वितरण गरिएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २० फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.