एमाले मोरङ जिल्ला अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) मोरङको जारी १० औं अधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

जिल्लाकाे नयाँ नेतृत्वका लागि दुई पक्ष प्यानल बनाएर मैदानमा उत्रिएको छ । संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवार छन् ।

विनोद ढकालले नेतृत्व गरिरहेको इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा उम्मेद्वार छन् । इतर पक्षको नेतृत्व गरिरहेका ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् ।

अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन हुनेछ । दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि मतदाता छन् । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार आज ९ बजेपछि मतदान सुरु हुनेछ । मतदानपछि मतगणना सुरु गर्ने तयारी छ ।

फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि लम्बिएको हो ।

प्रकाशित मिति: मङ्गलबार, २० फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.