चाँदनी यादव हत्या प्रकरण : आमाबुबासहित ६ जना कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

आदेशलगत्तै अभियुक्तहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता हत्या भएको थियो ।

उनकोे हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेका थिए । चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादवको मिलेमतो देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनका आधारमा ६ जनाविरुद्ध जिल्ला अदालत मुद्दा दायर गरेको थियो । आरोपीको बयानपछि थुनछेक आदेश भएको हो । आमा र मामाविरुद्ध कर्तव्य ज्यान तथा अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता भएको थियो ।

विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको माघ ११ गते दिउँसो हत्या गरेपछि राति मामाघरनजिकै खाल्डो खनेर गाडिएको थियो । प्रहरीले माघ १८ गते उनको शव फेला पारेको थियो ।

भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्ध रहेको खुल्यो । केही समयअघि भागेर बिहेसमेत गरेका थिए । छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई ल्याएका थिए । विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए । आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसेकी थिइन् । छोरीको हत्यापछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनी घर फर्किएकी थिइन् । छाेरीकाे शव फेला परेपछि प्रहरीले दुवैजनालाई नेपाल ल्याएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, १९ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.