विराट गोल्डकप आजदेखि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आज सोमबारदेखि सुरु हुँदैछ ।

सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुने छ ।  उद्घाटन खेल आयाेजक माेरङ ११ र त्रिभुवन आर्मी क्लबबीच तय भएकाे थियाे । तर आर्मी क्लबले आज केपी ओली कपकाे फाइनल खेल्ने भएपछि आयाेजक र  कोलकाताकाे टाेलीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

खेल बेलुका ५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता रहने छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा २ हजार रुपैयाँसम्मको फाइदा हुने दाबी रिजालको छ ।

प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, १९ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.