एमाले मोरङ अधिवेशन : प्रतिनिधिको विवाद टुङ्गो लागेन, निर्वाचन कार्यतालिका सार्वजनिक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले मोरङ जिल्लाको दशौं अधिवेशनका लागि मनोनित भएका प्रतिनिधिको विषयमा देखिएको विवाद टुङ्गो नलागी निर्वाचन कार्यतालिका सार्वजनिक छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज बिहान ८ बजेबाट निर्वाचन प्रकृया प्रारम्भ हुनेछ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि अधिवेशनका लागि मनोनित भएका ४६ जना प्रतिनिधिको विवाद नमिलेको नेताहरुले बताएका छन् ।

आइतबार बन्दसत्रमा ४६ जना प्रतिनिधि एकलौटी रुपमा मनोनित गरेको भन्दै इतर समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनका उग्र बनेपछि बन्दसत्र रोकेर नेताहरु छलफलमा बसेका थिए । तर मनोनित प्रतिनिधिको विषयमा कुनै सहमति भएन । आज बिहान बैठक बस्ने भन्दै नेताहरु अधिवेशन स्थलबाट बाहिरिएका थिए ।

प्रतिनिधि मनोनित गरेको विवाद टुङ्गो नलगाइ निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि इतर समूह असन्तुष्ट बनेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेपछि मनोनयन गर्न तयारी छ । दिउँसो ३ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदानपछि पार्टी कार्यालय पाञ्चनालीमा मतगणना हुनेछ ।

जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षको नाममा दुई वटा प्यानल बनेको छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए ।

संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।

प्रकाशित मिति: सोमबार, १९ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.