ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौता अन्योल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिका भ्रमणमा पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँगको भेटमा अपमानित हुँदै बाहिरिएका छन् ।

अमेरिकासँग मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले पुगेका थिए । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भयो ।

ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। जेलेन्स्कीले त्यसको खण्डन गरे।

द्वीपक्षीय छलफलको भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्की दुवैलाई जबाफ फर्काएका थिए ।

दुई राष्ट्रप्रमुखहरूबीचको चर्काचर्कीपछि संयुक्त पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो ।

त्यसपछि अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।

ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा लेख्दै ट्रम्प र अमेरिकालाई धन्यवाद भनेका छन् ।

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो । तर दुई देशको नेतृत्वबीचको चर्काचर्कीपछि खनिज सम्झौता अन्योलमा परेको छ । चर्काचर्कीपछि बाहिरिएका जेलेन्स्कीले अमेरिकासँग अझै सम्बन्ध सुधारको प्रयास गर्ने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, १७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.