विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइन फ्लू पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लू भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लू भेटिएको हो ।
गत फागुन ७ गते सुनसरीको कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लू देखिएको थियो । फागुन १३ गते दुहबी नगरपालिका– ९ र १० नम्बर वडामा अफ्रिकन स्वाइनफ्लू भेटिएको हो ।
दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारका अनुसार फागुन १३ गते अफ्रिकन स्वाइन फ्लू भेटिएको हो । स्वाइनफ्लूबाट २५ वटा बङ्गुर मरेको मरिसकेको उनले बताए । स्वाइनफ्लू देखिएपछि १५ दिनका लागि बङ्गुर ओसारपसार र मासु बिक्री वितरण रोक लगाएको उनले बताए ।
उनका अनुसार वडा नम्बर ९ को छाता बेली चोक र चौधरी टोल, वडा नम्बर १० को बालकुन्ज, धाबी टोलमा बङ्गुर मरेपछि नमुना संकलन गरेर पठाइएको थियो ।
‘हामीलाई जानकारी आएपछि शंका लागेर प्रदेश ल्याबलाई बोलाएका थियौं, प्रदेशले नमुना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो,’ उनले भने,‘ केन्द्रीय ल्याबबाट अफ्रिकन स्वाइन फ्लू प्रमाणित भयो ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दुई वटा फ्लू देखिएपछि सतर्कता उच्च बनाइएको छ । चार किल्ला सिल गरेर नियन्त्रणका लागि प्राविधिक टोलीले काम गरिरहेको बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)