विराटनगर । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश जागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताले चार दिन कोशी प्रदेशमा बिताए । जागरण सभा र भेटघाट गर्दै चार दिन झापा मोरङ र सुनसरीमा बिताएका हुन् ।
चार दिनकाे यात्राबाट प्रचण्ड उत्साहित देखिएका छन् । भोलिबाट मधेश प्रदेशमा अभियान सञ्चालन हुनेछ ।
कोशी प्रदेशका तीन जिल्लामा प्रचण्डले सम्बोधनका क्रममा वर्तमान सत्ता गठबन्धनलाई गाली गर्न छुटाएनन् । कहिले कांग्रेस र कहिले एमालेको पक्षमा उभिदा पार्टी कमजोर भएको बताउँदै उनले अब कसैसँग गठबन्धन नगर्ने र २०८४ को चुनावमा माओवादीलाई मौका दिन आग्रह गरे ।
जनतासँग नजिक हुने प्रयास
अभियानका क्रममा प्रचण्डले नागरिकसँग नजिक हुने प्रयास गरे । पार्टीका अन्य पदाधिकारीलाई सँगै लिएर हिडेका प्रचण्डले सभा र भेटघाटका क्रममा भाषण गरे । चार दिन स्वागत, भेटघाट र मर्निङ वाकमा प्रचण्डले सर्वसाधारणसँग भलाकुसारी गरे ।
अभियानका क्रममा उनको खानपान अन्य कार्यकर्तासँग भयो । बिहीबार बिहान बर्जुमा कार्यकर्तासँग चना चिउरा खाएका प्रचण्डले देवानगन्ज कार्यकर्ताको घरमा दालभात खाए ।

सम्बोधनका क्रममा पनि उनले स्थानीय क्षेत्रको विषय छुटाएनन् । मन्तब्य अघि स्थानीयको समस्या र वस्तुस्थिति बारे ब्रिफिङ लिएर मात्रै बाेलेका थिए । बिहीबार बर्जु गाउँपालिकाको शुक्रबारे, बर्जु ताल, देवानगन्ज पाँचौंसिमर, हरि नगरको घुस्की, गढी, इनरुवा, कोशी गाउँपालिकामा भेटघाटमा प्रचण्डले स्थानीयको विषयलाई सम्बोधन गरे ।
अभियानका क्रममा प्रचण्डले मुस्लिम समुदायसँग निरन्तर छलफल गरे । मंगलबार मोरङमा मुस्लिम समुदायसँग छलफल गरेका उनले बिहीबार सुनसरीको घुस्कीमा मुस्लिम समुदायसँग सम्वाद गरे । मदरसामा पुगेका उनले मौलनाबाट आर्शिवाद पनि लिए । राज्यमा पिछडि पारिएका जाति र समुदायको पक्षमा लड्ने पार्टी माओवादी मात्रै भएको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले खेल्न थालेको र संविधान प्रदत्त अधिकार पनि कुण्ठित गर्न खोजिरहेको बताए ।
झापाको केचनकवलको उद्घाटन सत्रदेखि चौथो दिनको सुनसरीको इनरुवाको जागरण सभामा उनले सरकारलाई गाली गरे । ‘हामीले सुरु गरेको सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको छ,’ उनले भनिरहेका छन्,‘ अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छ ।’
मधेशमा जोडिए महेन्द्र
नेकपा माओवादी केन्द्रको जागरण अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा) पनि जोडिएको छ । सो पार्टीका अध्यक्ष महेन्द्र राय यादव सुनसरीबाट अभियानमा जोडिएका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यका अनुसार यादव आजदेखि नियमित अभियानमा हिँड्नेछन् ।
यादवले पनि संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् । माओवादी कमजोर हुँदा संविधानको रक्षा हुन नसक्ने बताउँदै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि बचाउन लागि अभियानमा हिडेको बताए । नेसपा र माओवादी केन्द्रबीच पार्टी एकताको तयारी छ । अध्यक्ष यादवले माओवादी केन्द्रले नाम फेरेको भोलिपल्ट पार्टी एकता हुने बताए । यादव २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)