नेविसंघमा विवाद : संस्थापन र इतर पक्षबीच महेन्द्र माेरङ क्याम्पसमा झडप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । महेन्द्र माेरङ क्याम्पसमा नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी सघ (नेविसंघ) काे दुई समूहबीच झडप भएकाे छ । संस्थापन र इतर पक्षबीच झडप भएकाे हाे ।

बिहीबार दिउँसो क्याम्पस परिसरमा जिल्ला सभापति सरोज पोखरेल र स्वतन्त्र विद्यार्थी युनियन स्ववीयु सभापति जसवन्त पौडेलसहितको टोलीबीच झडप भएकाे हाे । झडपमा संस्थापन पक्षले आक्रमण गर्दा डाक्टर शेखर काेइराला पक्षाका नेता पोखरेल घाइते भएका छन् । उनकाे नाेबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेकाे छ ।

नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्त स्ववीयु चुनावको तयारीका लागि संगठन विस्तारका लागि कलेजमा पुगेका थिए । नसाेधी आएकाे भन्दै देउवा समूहका विद्यार्थीहरुले उनलाई रोकेका थिए । त्यसक्रममा उनीहरुबीच विवाद पछि झडप भएकाे हाे ।

डाक्टर शेखर काेइराला पक्षले भने झडप नभइ देउवा समूहका विद्यार्थीले कुटपिट गरेकाे दाबी गरेकाे छ ।

प्रकाशित मिति: बिहिबार, १५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.