काठमाडौं । आज बिहीबार र शुक्रबार मुलुकका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हिउँदे अवधि सकिनलाई २ दिन बाँकी छ । यसवर्षको हिउँदे अवधि शुक्रबार सकिन्छ । यो अवधिमा पश्चिमी वायु सक्रिय भएको छ । वायुका कारण वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको हो ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नसक्ने पूर्वानुमान गरिएको छ ।
हिउँदयाम भनेको मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधि हो । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको थियो । यसपटक निक्कै कम वर्षा भएको छ । झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको महाशाखाले जनाएको छ ।
लामो समयदेखि हिउँदे वर्षा नहुँदा सुक्खा बढेको छ । यसले वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । वर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)