विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालय सरेको छ । कानेपोखरी गाउँपालिका– ६ रमाइलोमा रहेको कार्यालय कानेपोखरी गाउँपालिका– ५ मा भाैसबारीमा सरेको हो ।
कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अब कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह हुनेछ ।
तत्कालिन बयरबन गाबिसको सदरमुकाम बयरबन बजार थियो । बयरबनबाट रमाइलोमा सारिएको थियो । स्थानीय तह गठन हुँदा बनेको कानेपोखरी गाउँपालिकाको कार्यालय पनि रमाइलोमा नै राखिएको थियो ।
२०८० बैशाख १७ गतेको गाउँसभाले मतदान गरी गाउँपालिकाको केन्द्र भाैसबारीमा सार्ने प्रस्ताव पारित गरेको थियो त्यसपछि पालिकाले कार्यालय सार्नका लागि मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । गत पुस १६ गतेको बसेको मन्त्रीपरिषद् बैठकले कार्यालय सार्न स्वीकृत दिने निर्णय गरेको थियो। जसको सूचना माघ ७ गते राजपत्रमा प्रकाशित भयो ।
फागुन १३ गते बसेको कार्यपालिका बैठक फागुन १५ गते बिहीबारबाट कानेपोखरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अर्को व्यवस्था नभएसम्म तत्कालका लागि कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह गर्ने निर्णय गरेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)