विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मंगलबार पुष्पकमल दाहाल प्रचण्डले रमाइलो,आमबारी र कर्सियामा आयोजित सभालाई सम्बोधन गरे । उनले विभिन्न स्थानमा कार्यकर्ता तथा सहिद परिवारसँग भेटघाट गरे ।
झापाबाट अभियानसँगै मोरङ आइपुगेका प्रचण्ड तीन वटै सभाबाट उत्साहित देखिन्थे । तीनै स्थानमा आयोजित सभालाई उनले गरेको सम्बोधन उस्तै उस्तै थियाे । तीनै स्थानमा काम गर्न खाेज्दा आफ्नाे सरकार ढालेकाे, वर्तमान सरकार दलालकाे समूहले बनाएकाे, सरकार जनताकाे काम गर्न भन्दा पनि स्वार्थ समूहकाे रहर पुरा गर्न केन्द्रित रहेकाे उनकाे गुनासाे थिए । साेमबार झापामा पनि साेही गुनासाे गरे ।
मोरङको रमाइलोमा आयोजित सभामा उनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कहिल्यै गणतन्त्रवादी नभएको दाबी गरे ।‘तपाई हामीलाई थाहा छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘ उहाँ कहिल्यै गणतन्त्रवादी होइन् ।’
माओवादी कमजोर भएपछि गणतन्त्र उल्टाउने सड्यन्त्र भइरहेको उनको दाबी थियो । ‘माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ,’उनले भने,‘उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाएपनि माओवादी छ ।’
आमबारीमा पुगेर प्रचण्डले कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए ।
‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महंगो पर्नेछ ।’
अन्य दलसँग समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उनको स्वीकारोक्ति थियो । कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुँदा माओवादी सधैं कमजोर हुने अवस्था बनेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने बताए ।
धनपालथान गाउँपालिकाको कर्सिया बजारमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले जनतालाई अजयशक्ति प्रदान गर्ने बताए । हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउने उनले बताए ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो मोरङसम्म आइपुग्दा अभियानले नयाँ उत्साह थपेको दाबी गर्छन् । ‘मोरङको तीन स्थानमा भएका सभाले उत्साहित बनाएको छ, तीन वटै सभामा १५ हजार हाराहारी कार्यकर्ता र नागरिक सहभागिता थियाे,’ उनले भने,‘पूर्वले पार्टीका लागि नयाँ सन्देश दिएको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)