विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ शाखा कार्यालयहरुमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जीवन विकासले हरेक शाखामा २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा सदस्यलाई वित्तीय सचेतनाका लागि वित्तीय साक्षरता गोष्ठी सञ्चालन गर्दै आएको छ । फागुन ८ गते देखि ११ गतेसम्म १६० शाखा मध्ये १९ वटा शाखामा कार्यक्रम आयाेजना गरेकाे हाे ।
जीवन विकासले भारदह, सोनबर्षा, खयरमारा, इटाभट्टा, राजगढ, किसानपुर, बुधनगर, औरही, बनियानी, नाढीताल, टाघडुब्बा, सबैला, मझारे, पतारी, खुदुनावारी, हनुमानचौक, दमक, अमाही र नर्घोमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

सबै शाखाले आफ्ना कार्यक्षेत्रका अति विपन्न बालबालिकाकालाई एक वर्षका लागि आवश्यक शैक्षिक सामग्री व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरेका थिए ।
शाखामा रहेका उत्कृष्ट बचतकर्ता, ह्युमन एटिएम, ऋणी, उद्यमी तथा केन्द्रहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वित्तीय साक्षरता प्रदान गरिने यस्ता कार्यक्रम मार्फत संस्थाले सदस्यकाे गुनासोकाे सुनुवाई पनि गर्छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको जीवन विकासकाे कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा कार्यालय छन् । ती शाखा मार्फत करिब ३ लाख ५० हजार विपन्न परिवार आवद्ध भइ कारोबार गरिरहेका छन् । वित्तीय संस्थाबाट करिब २ लाख सदस्यहरुले ऋण लिएर आर्थिक प्रगति गरिरहेका छन् ।
जीवन विकासले २७ अर्व भन्दा बढी ऋण कारोबार र ११ अर्व भन्दा बढी बचत परिचालन गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)