प्रधानमन्त्री ओली गणतन्त्रवादी हाेइनन् : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलोमा आयोजित कार्यक्रममा उनले ओली गणतन्त्रकाे पक्षमा नरहेकाे बताएका हुन् ।

‘तपाई हामीलाई थाहा छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘ उहाँ कहिल्यै गणतन्त्रवादी होइन ।’

माओवादी केन्द्रले आन्दोलनकाे आधीहुरी ल्याएपछि मात्रै गणतन्त्र स्वीकार गर्न बाध्य भएको बताए ।

‘ओलीले गणतन्त्रलाई मान्दीएको मात्रै हो,’ उनले भने,‘ माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट  यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ ।’

केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको दाबी गर्दै उनले भने,‘ उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाए पनि माओवादी छ ।’

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.