प्रधानमन्त्री ओली गणतन्त्रवादी हाेइनन् : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलोमा आयोजित कार्यक्रममा उनले ओली गणतन्त्रकाे पक्षमा नरहेकाे बताएका हुन् ।

‘तपाई हामीलाई थाहा छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘ उहाँ कहिल्यै गणतन्त्रवादी होइन ।’

माओवादी केन्द्रले आन्दोलनकाे आधीहुरी ल्याएपछि मात्रै गणतन्त्र स्वीकार गर्न बाध्य भएको बताए ।

‘ओलीले गणतन्त्रलाई मान्दीएको मात्रै हो,’ उनले भने,‘ माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट  यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ ।’

केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको दाबी गर्दै उनले भने,‘ उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाए पनि माओवादी छ ।’

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.