शून्यबाट करोडसम्म शर्माको प्रगति (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– ६ सरोचियाका सेठुवा शर्माले गार्मेन्ट उद्योग सुरु गरेको १६ वर्ष भयो । करिब पाँच वर्ष उनले अरुको उद्योगमा मजदुरी गरेका थिए । त्यसबेला उद्योग सुरु गर्नका लागि शर्मासँग लगानी गर्ने पैसा थिएन। उधारोमा कपडा ल्याएर सुरु गरेको उद्योगलाई विस्तार गर्दै उनले दुई करोड हाराहारी पुर्याएका छन् । उद्योगमा १३–१४ जनालाई नियमित रोजगारी दिएका छन् ।

भाडाको कोठाबाट सुरु गरेका उद्योगका लागि अहिले छुट्टै संरचना बनाइ सकेका छन् । गार्मेन्ट उद्योगकै आम्दानीबाट उनले घर पनि बनाएका छन् । ‘ सुरुमा केही थिएन, शून्यबाट सुरु गरे, आफै काम गरे,’ उनी भन्छन्,‘ काम बढ्दै गएपछि मान्छे राखेर काम गरे ।’
अहिले उनको उद्योगमा २१–२२ वटा मेसिन राखेर काम गराइरहेका छन् ।

उनलाई व्यवसाय सञ्चालनका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरिरहेको छ । उनकी श्रीमती रन्जुदेवी एक दशकदेखि जीवन विकासको सदस्य छिन् । ‘जीवन विकासको सहयोग राम्रो छ, मैले त्यहाँ (जीवन विकासं) बाट व्यवहार चलाएको छु,’ उनी भन्छन् ,‘भनेको बेला सहयोग गरेको छ ।’

शर्माको उद्योगमा सिजन अनुसार नयाँ डिजाइनका कपडा उत्पादन हुन्छ । उत्पादित कपडा देशका विभिन्न बजारमा पुग्छ । उनले कपडा बिक्रीका लागि विराटनगरमा आफ्नै होलसेल पसल पनि खोलेका छन् ।

उनले गार्मेन्ट उद्योगलाई व्यवस्थित बनाएर विस्तार गर्दै लैजाने योजना पनि बनाएका छन् । उनी भन्छन् अझै ३०–४० जनालाई रोजगारी दिने सोच छ ।’

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.