झापामा पर्यावण विमर्श : सोनाम वाङचुक पनि वक्ता

Satya Sanchar सत्य सञ्चार

विर्तामाेड । रिडर्स झापाले आयाेजना गर्ने ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’मा भारतका चर्चित अभियन्ता सोनाम वाङचुक वक्ताका रुपमा सहभागी हुने भएका छन् ।

वाङचुक तिनै व्यक्ति हुन्,जसको संघर्षमा आधारित रहेर थ्री इडियट्स फिल्म बनेको छ । यो फिल्ममा आमिर खानले वाङचुकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रम संयोजक सागर शिवाकोटीका अनुसार वाङचुकको प्रस्तुति १६ फागुनमा हुनेछ । कार्यक्रम फागुन १४ गतेदेखि १६ गतेसम्म हुनेछ ।

पाँचौं संस्करणको ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’ वक्ताका रुपमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुँदैछन् ।

पर्यावरण विमर्शका लागि रिडर्स झापाले गत वैशाखदेखि छलफल चलाएको थियो । तीन दिनसम्म पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

तीन दिनसम्म चल्ने उत्सवमा धनगढीकी नन्दादेवी कुँवर, चितवनका वीरेन्द्र महतो, भारत लद्दाखका सोनाम वाङ्चुक, गोर्खाका उत्तमबाबु श्रेष्ठ, बिर्तामोडकी हर्कमाया विक, ताप्लेजुंगकी झुमा लिम्बु, भद्रपुरका निताई राजवंशी, इलामका केदार शर्मा, वीरगञ्जका चन्द्र किशोर, खोटाङका भोगीराज चाम्लिङ, सिलगढीका राजा पुनियानी, काठमाडौंकी अर्चना थापा, तेह्रथुमका सबिन निङ्लेखु, सिक्किमका मायल मित, कालिम्पोंगकी एलिएन फोनिङ्, कलकत्ताका देबल देव, रसुवाका गुरुङ सुशान्त, काँकरभिट्टाका छितेन शेर्पालगायत पर्यावरणको क्षेत्रमा सक्रिय अभियान्ता रहनेछन् ।

पहिलो दिन मुख्य वक्ताको रुपमा उत्तमबाबु श्रेष्ठ छन् । सोही दिन कन्चनजंगा टु बङ्गाल,साहित्यमा मान्छेको अधिपत्य, संरक्षण कसले सकुदाय कि सरकार, सिर्जनाको प्रकृतिका विषयमा प्यानल छलफल हुनेछ ।

दोस्रो दिन कोलकाताका अभियान्ता देबल देव मुख्य वक्ताको रुपमा छन् । त्यसपछि कृषि: खाना कस्तो ? नाफा कति, विद्यालयको पर्यावरण, ससाना प्रलय सामना कसरी र राजनीतिको पर्यावरण विषयमा समूहमा छलफल हुनेछ ।

तेस्रो दिन बिहान १० बजेदेखि १ घण्टा वाङचुक मुख्य वक्ता छन् । त्यसपछि नगरको कहर,पर्यापर्यटन सम्भावनाको सागर, रैथाने ज्ञानको गहिराइ र कस्को धर्ती कस्को आकाश विषयमा प्यानल छलफल हुनेछ ।

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.