माओवादी केन्द्रको जागरण अभियान : माेरङमा कहाँ-कहाँ हुँदैछ कार्यक्रम ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज मंगलबार र भोलि बुधबार मोरङमा कार्यक्रम हुनेछ ।

आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत हुनेछ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ ।

रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनबर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी  मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ ।  कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।

रमाइलोको जनसभाका लागि माओवादी केन्द्रले ४ वटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर कार्यक्रम गर्दा निस्कने ध्वनीले गर्दा पठनपाठनमा समस्या हुने भएकाले मंगलबार १ दिन विदा गर्न आग्रह गरेको हो ।

पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.