सरकारले ‘नो केबलकार पक्ष’लाई वार्तामा बोलायो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गरिरहेको ‘नो केबलकार’ समूहलाई सरकारले वार्तामा बोलाएको छ ।

नो केबलकार समूहले यसअघि प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठन गरेको वार्ता समितिसँग वार्ता गरेको थियो । सो समितिसँगको वार्तामा सहमति नभएपछि मन्त्रीस्तरको समितिसँग मात्रै वार्ता गर्ने अडान राखेर आन्दोलनमा होमिएको थियो ।

बिहीबार पाथीभरा क्षेत्र र शनिबार फुङलिङ बजारमा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो ।

आइतबार प्रतिनिधिसभा र कोशी प्रदेशसभा बैठकमा सांसदहरुले पाथीभरा केलबकार विवाद समाधान गर्न सांसदहरुले माग गरेका थिए । सोमबार भट्टराई नेतृत्वको समितिले वार्तामा आउन आग्रह गरेको हो ।

वार्ता टोलीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ।

पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा आन्दोलन चर्किएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । माघ २२ गते आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको थियो । सो सहमति पछि माघ १५ गतेदेखि नो केबलकार पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता भएको थियो ।

माघ २७ गते सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको वार्ता भाडिएको थियो । त्यसपछि आन्दोलनरत पक्षले मन्त्रीस्तरको वार्ता समितिसँग मात्रै छलफल गर्ने बताउँदै आएका छन् । उनीहरुले माघ २८ गते आन्दोलरत पक्षले गृहमन्त्री रमेश लेखकसँग भेटेका थिए । लेखकले सहसचिव भट्टराई नेतृत्वको वार्ता टोलीसँग छलफल गर्न भनेका थिए । त्यसपछि असन्तुष्ट भनेको आन्दोलनरत पक्ष पाथीभरा क्षेत्रमा पदयात्रा गरेकाे थियो ।

प्रकाशित मिति: सोमबार, १२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.