विराटनगर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सुरु भएकाे छ । झापाकाे केचनकवलबाट अभियान सुरु भएकाे हाे । तर अभियान उद्घाटनका क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रिसाए ।
सोमबार अभियान उद्घाटनका क्रममा बोल्दै गरेको पोडिएम छेउमा कार्यक्रम सञ्चालक उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ रिसाएका हुन् । त्यसपछि उनले आफ्नाे मन्तव्य पुरा गरेनन् ।
उद्घाटन कार्यक्रममा रिसाएका श्रेष्ठ त्यसपछि झापा गाउँपालिकामाम आयोजित सभामा भने सहभागी भएनन् । ‘झापा गाउँपालिकामा अयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्षज्यू आउनु भएन्, उद्घाटन सत्रको रिसले होला ।’ माओवादी केन्द्रका एक नेताले भने ।
कचनकवलको बनियानीमा आयोजित कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सम्बोधन गरिरहेका बेला कार्यक्रमको सञ्चालकसमेत रहेका माओवादी झापाका संयोजक राजु आचार्य अग्नी नजिकै गएर उभिएका थिए । उद्घाेषक नजिकै आएपछि श्रेष्ठ रिसाए । श्रेष्ठकाे रिसलाई सम्बाेधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केही मिस अन्डस्ट्यान्डिङ भएको’ बताएका थिए ।
‘तपाई यहाँ मलाई सक्नुहोस् भन्न आउनुभा हो ?, हो ? हो भने म जान्छु,’ उद्घोषकले होइन भनेपछि श्रेष्ठले भने,‘ अनि के त यहाँ टुप्लुक्क आएर बसेको ?’
त्यसपछि उद्घोषक त्यहाँबाट हटे, नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्ड तर्फ हेर्दै भने,‘ म बिदा हुँ ?’
प्रचण्डले होइन, बोल्नुहोस् भन्दै जवाफ फर्काए, त्यसपछि असहज महसुस गर्दै भने,‘समयको एकदमै चाप छ, म थोरै कुरा भन्न चाहान्थे सायद सञ्चालक कार्यक्रमलाई धेरै चाप होला, म बिदा हुन्छु लाल सलाम ।’
त्यसपछि आयाेजित कार्यक्रममा नारायणकाजी सहभागी भएनन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)