माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान आजबाट

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी :तराई–मधेस जागरण अभियान सुरु गर्दैछ ।  झापाको केचनकवलबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरुले उद्घाटन गर्नेछन् ।

आज बिहान कचनकवलको बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन हुने कार्यक्रम राखिएको छ ।

त्यसअघि प्रचण्डले केचनकवल क्षेत्रमा नेता र कार्यकर्तासँग मर्निङवाक गरेका थिए । त्यस क्रममा उनले कार्यकर्तासँग भेटघाट पनि गरे । आजबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा समापन हुनेछ ।

पुस २३ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कहाँ कहाँ हुँदैछ कार्यक्रम ?

प्रदेश नं– १ (काेशी)
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेश प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश
चितवन– फागुन २५ गते

गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम)फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

प्रकाशित मिति: सोमबार, १२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.