काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि अति भारी वर्षा भएको छ ।
विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा ४०१.२ मिलिमिटर मापन भएको छ ।
केराबारिमा मापन भएको अति भारी वर्षा हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।
पछिल्लो २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । रुपनीमा ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।
मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।
आज कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी भाषामा आंशिक बदली हुनु भनेको आकाशमा ५० प्रतिशतसम्म बादल देखिनु हो भने साधारण बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु हो । आज मधेशबाहेकका बाँकी ६ प्रदेशका केही भू–भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)