विराटनगर । राप्रपा, नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीचको सवालजवाफपछि कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । उनले ‘डलर खाएको’ भन्ने शब्दलाई पनि रेकर्डबाट हटाउन निर्देशन दिए ।
आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने क्रममा राप्रपा सांसद सविना बजगाईंले पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा व्यक्त गरेको शुभकामना सन्देशपछि केही दलका नेताले जेलमा थुन्ने चेतावनी दिएको गुनासो गरिन् ।
‘जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिया ठान्ने केही नेताहरुले राजालाई थुन्ने अभिव्यक्ती सञ्चार माध्ययममा आएको देखिएको छ, यसको म घोर निन्दा र भत्सना गर्छु,’ उनले भनिन्,‘ यो सबै अभिव्यक्ती विदेशबाट आउने डलरको भरमा आएका हुन् ।’ त्यसपछि उनले हिम्मत भए थुनेर देखाउन चुनौति दिइन् ।
बजगाईंले ‘डलर खाएको’ अभिव्यक्ती दिएपछि एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ती गर्दै भने,‘ माननीयज्यूले डलर खानेहरु भनेर सदनमा अप्रमाणीत कुरा सम्मानित सदनमा उठाउनु भएको छ, उहाँसँग प्रमाण भए पेश गर्न अनुरोध गर्छु, यदी नभइ फिर्ता गराउन सभामुखज्यूलाई अनुरोध गर्छु ।’
त्यसपछि सभामुख बिष्टले थप विषय भए पुष्टि गर्न बजगाईंलाई समय दिए । त्यसपछि बजगाईंले प्रमाण दिन सकिनन् तर संघीयता धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्ययमबाट डलर भित्रिएको कुरा अमेरिकाका राष्ट्रपतिबाट सार्वजनिक भएको दाबी गरिन् । उनले सोही विषयलाई टेकेर डलरबादी भएको दाबी गर्दै भनिन्,‘धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट परिचालित छ, यो गणतन्त्र यहीँ सदनबाट खारेज गर्न माग गर्न चाहान्छु ।’
त्यसपछि लिङथेपले उठेर सभामुखलाई सोधे यहीँ व्यवस्थामा बसेर यहीँ सदन भित्र खारेज हुनुपर्छ भनेर माग पाइने कि नपाईने ?’ उनले खारेजको विषयलाई आपत्ति जनाउँदै संविधान विरोधी विषय भएको बताए ।संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्ने घोर आपत्ती जनक छ उनले भने ।
उनले ‘डलर खाने’ शब्दलाई रेकर्डबाट हटाउन माग गरे । बजगाईं र लिङथेनको सवालजवाफकाबीचमा नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा उठेर ‘राजा’ शब्द रेकर्डबाट हटाउन माग गरे । ‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन,’ उनले भने,‘ अहिलेको संविधानमा नेपालमा कोही राजा छैन, त्यसकारण यो राजा भन्ने शब्द तुरुन्त रेकर्डबाट हटाइयोस् ।’
केहीसमय सवालजवाफपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ र‘डलर खाएको’ शब्दलाई रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । ‘एउटा राजा शब्दलाई हटाइयोस् भन्ने छ,त्यसलाई रेकर्डबाट हटाइयोस् मैले रुलिङ गरे,’ उनले भने,‘ डलर खाने भन्ने कुरा छ, यसको स्पष्ट प्रमाण नभएको हुनाले यो पनि रेकर्डबाट हटाइनेछ ।’
त्यसपछि संसदमा बाेलेका राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटाेलाले जनताले राजालाई चिनेकाे दाबी गरे । ‘राजा ज्ञानेन्द्रदेखि पछाडि अरु राजा नभएकाले पूर्वराजा नभनाैं हाेला,’उनले भने,’ राजा भन्ने शब्दलाई संविधानले चिन्दैन भन्ने अभिव्ति आयाे, नेपाली जनताकाे मनमनमा राजाभएपछि त्यसलाई संविधानले चिनेकै भन्नुपर्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)