च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । शनिबार भएको समूह बीको खेलमा इंग्ल्याण्डमाथि कीर्तिमानी जित निकालेको हो ।

इंग्ल्याण्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । योसँगै अस्ट्रेलियाले आईसीसी प्रतियोगिताकै इतिहासमा सबैभन्दा धेरै रनको टार्गेट पुरा गरेर कीर्तिमान पनि बनायो ।

जोश इङ्लिसले अविजित १२० रन जोडे । त्यस्तै एलेक्स क्यारीले ६९ र म्याथ्यु शर्टले ६३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । बेन डकेटले १६५ रनको शानदार पारी खेलेका थिए । जो रुटले ६८ रन बनाएका थिए ।

जितसँगै अस्ट्रेलियाले २ अंक जोडेको छ । समूह बी मा समान २ अंक भएको दक्षिण अफ्रिका नेट रनरेटका आधारमा अगाडि छ ।

प्रकाशित मिति: आइतबार, ११ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.