पाथीभरा केबलकार विवाद : प्रदर्शनकारीले नागरिककाे घरमा आगाे फाले

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकाे विराेधमा रहेकाे समूहले नागरिककाे घरमा आगाे फालेका छन् ।

शनिबार साँझ पदयात्राकाे क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारकाे विरेन्द्र चाेकमा नागरिककाे घरमा आगाे फालेका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राकेँ जुलुसका क्रममा प्रदर्शनकारीले प्रहरी र नागरिकको घरमा आगो फालेका हुन् । प्रदर्शनकारीले फालेकाे आगाे केही घरकाे छत र बरण्डामा पुगेकाे थियाे ।

घटनापछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको शर्माले बताए । पदयात्राका क्रममा एक्कासी राकेँ जुलुससहित टोली निस्किएपछि विरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए । प्रहरीले उनीहरुले बोकेको आगाे निभाउन खाेजेकाे थियाे । सोही क्रममा प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै आगो फालेका थिए । प्रहरीलाई फालेकाे आगाे नागरिककाे घरमा पुगेकाे थियाे ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘नागरिकको घरमा र प्रहरीमाथि आगो फालेका छन्,’ उनले भने,‘ केही नियन्त्रणमा छन, कतिजना छन् भन्ने पुरै विवरण मसँग आइसकेको छैन ।’

ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारले पहिचान मासिने भन्दै पहिचान पक्षधरले केबलकार निर्माण राेक्न माग गर्दै प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, १० फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.